केही भ्रष्टाचारी जोगाउन काँग्रेस एमालेले गठबन्धन गरेको गृहमन्त्री रवी लामिछानेको दाबी

केही भ्रष्टाचारी जोगाउन काँग्रेस एमालेले गठबन्धन गरेको गृहमन्त्री रवी लामिछानेको दाबी

  • मङ्लबार, असार १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

असार १८ काठमाण्डौँ । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्।

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु ? ,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।

‘बेचैनीको अरू के अर्थ होला । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरिसकेको छ। त्यस्तै तत्काल राजीनामा नदिने पनि रास्वपाले निर्णय गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए। सोही प्रकरणमा त्यही दिन काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए।

उनीहरु पक्राउ परेपछि सरकारले थप छानविन जारी राख्दा काँग्रेस एमालेका थप नेताहरु तानिन सक्ने आशंका गरिएका बेला यो गठबन्धन परिवर्तन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ