पर्यटन मन्त्री हुने चर्चामा रहेकी रञ्जितालाई पार्टीको संसदीय दलको नेताबाटै हटाईयो

पर्यटन मन्त्री हुने चर्चामा रहेकी रञ्जितालाई पार्टीको संसदीय दलको नेताबाटै हटाईयो

  • सोमवार, असार १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असार १७ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीबाट पर्यटन मन्त्री हुने चर्चा चल्दै गर्दा सो पार्टीकी संसदीय दलको नेता रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाईएको छ ।

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ