टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति

  • शुक्रबार, असार १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ १४ असार : नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौँ उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

दूरसञ्चार कार्यालय नक्सालमा आज आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले नेपाल टेलिकमप्रति सेवाग्राहीमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डङ्गोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायतका वक्ताले हाल टेलिकमले विभिन्न स्थानमा स्तरोन्नति जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो । दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

‘एफटिटिएच’ प्रविधिअन्तर्गत एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभरका पुरानो कपर प्रविधिलाई विस्थापन जारी राखेको छ । यसबाट छिट्टै देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने नेपाल टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी