भ्रष्टाचारको मुद्धा लागेका मुख्य सचिव अर्याललाई बिशेष पद सृजना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

भ्रष्टाचारको मुद्धा लागेका मुख्य सचिव अर्याललाई बिशेष पद सृजना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय

  • सोमवार, असार ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

असार १० काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिएको हो ।

त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।
उनी सहित ११ जना बिरुद्ध अन्तसुल्क स्टीकर छपाईमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बहालवाला मुख्य सचिव बिरुद्ध मुद्धा लागेको यो पहिलो पटक हो ।

गड्तौलाले अब अर्को मुख्य सचिव नियुक्त नभएसम्म कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ