नेपालबाट भारत हुँदै बंगलादेशमा बिजुली निर्यात हुनु उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण : मोदी

नेपालबाट भारत हुँदै बंगलादेशमा बिजुली निर्यात हुनु उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण : मोदी

  • शनिबार, असार ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार ८ काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण भएको बताएका छन्।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदी सो परियोजनाको विषयमा बोलेका हुन्।

‘भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण बनेको छ,’ बंगलादेशसँगका उपलब्धिहरु उल्लेख गर्ने क्रममा मोदीले भने।

नेपाल र बंगलादेशबीच हाल ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय ग्रिड प्रयोग गरी ५० मेगावाटसम्म बिजुली बंगलादेश निर्यात गर्न भारतले स्वीकृति दिएको थियो।

यसबारे नेपाल र बंगलादेशबीच अन्तिम सम्झौताको तयारी भएको छ। यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् ।

दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो । क्वात्राले भने, ‘दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन् ।’

दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज हामीले नयाँ क्षेत्रमा सहयोगका लागि भविष्य उन्मुख दृष्टिकोण तयार गरेका छौं। “हरित साझेदारी, डिजिटल साझेदारी, नीलो अर्थतन्त्र (समुद्री अर्थतन्त्र) र अन्तरिक्ष जस्ता क्षेत्रमा सहकार्यमा भएको सहमतिबाट दुवै देशका युवाहरूले लाभान्वित हुनेछन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ