हाम्रो संस्कृति, सम्पदा एवं संभावना जति छ त्यस अनुसार पर्यटक भित्र्याउन सकेका छैनौँ, सबैले हातेमालो गरेर अघि बढौँः पर्यटनमन्त्री तामाङ

हाम्रो संस्कृति, सम्पदा एवं संभावना जति छ त्यस अनुसार पर्यटक भित्र्याउन सकेका छैनौँ, सबैले हातेमालो गरेर अघि बढौँः पर्यटनमन्त्री तामाङ

  • बिहिबार, जेष्ठ ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

जेठ ३१ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले नेपालमा पर्यटन क्षेत्रको अथाह संभावना भए पनि त्यो अनुसार पर्यटक आगमन हुन नसकेको भन्दै यस क्षेत्रमा निजी क्षेत्र र सरकार सबै पक्ष सहकार्य गरेर हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भएकोछ ।

आज ललितपुरको पाटनमा संस्कृति, सम्पदा संरक्षणमा जनसहभागीता अभिमुखीकरणको समापन तथा संस्कृति सिरोमणि हरिराम जोशीलाई सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री तामाङले विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा नेपालमै हुनु, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मथलो नेपालमै हुनु र हिन्दुहरुको आस्थाको केन्द्र नेपालमै हुनु एवं यहाँको अमुल्य प्रार्कतिक स्रोत र सम्पदाहरु हुनुका बाबजुद नेपालमा बर्षमा नगन्य मात्रामा मात्रै पर्यटक आगमन हुनु चिन्ताको बिषय भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले अन्य विदेशी मुलुकहरुमा जनसंख्याको दुई गुणा बढी सम्म पर्यटक जाने गरेको आफू्ले जानकारी पाएको भन्दै देशको पर्यटन क्षेत्रको विकासका लागि सबै पक्षले गंभीर भएर अघि बढ्न आग्रह गर्नुभयो ।

मन्त्री तामाङले सम्पदा संरक्षणमा स्थानीय समुदाय त्यसमा पनि महिलाहरु सक्रिय रुपमा सहभागी भएको देखेर आफूलाई खुसी लागेको भन्दै संस्कृति सिरोमणि जस्ता व्यक्तित्वलाई आफ्नै हातले सम्मान गर्न पाउनु आफ्नो लागि खुसी र महत्वको बिषय भएकोमा जोड दिनभयो । उहाँले पाटन सांस्कृतिक सम्पदाको नगरी भएको चर्चा गर्दै यसको संरक्षण र सम्बद्र्धन र प्रचारप्रसारमा जनसमदाय र नीजि क्षेत्रको पनि उत्तिकै भूमिका रहने बताउनुभयो।


मन्त्री तामाङले नेपालका मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकको संख्यामा उल्लेख्य बृद्धि गर्ने योजनाहरु ल्याईनेपनि बताउनुभयो । बिदेशी पर्यटकको आगमनलाई बाधा पुर्याउने खालको कुनै कानुनी अड्चन भए त्यसलाई पनि सरकारीतवरबाट नीतिगत रुपमा नै हल गर्दै अगाडि बढ्ने बताउदैँ उहाँले नीजि क्षेत्रसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखेको स्पष्ट पार्नभयो ।

यस्तै कार्यक्रममा पुरातत्त्व विभागमा महानिर्देशक सौभाग्य प्रधानाङ्गले ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुर्त सम्पदा संरक्षण नगरी अमुर्त सम्पदा संरक्षण सम्भब नभएको भन्दै उहाँले भौतिक संरचनाका रूपमा रहेका धार्मिक सम्पदा एवं मठ मन्दिर, पाटी पौवा, ढुङ्गेधारा तथा ऐतिहासिक इनार, सम्पदा, ऐतिहासिक बस्ती, चौताराको खोज, अनुसन्धान, उत्खनन्, संरक्षण, पुनःनिर्माण, जीर्णोद्धार र विकास गर्दै अमूर्तरूपमा रहेका परम्परागत भाषा, हस्तलिपि, वेषभूषा, गीत÷सङ्गीत, बाजागाजा, नृत्य तथा झाँकी, रीतिरिवाज तथा परम्परा, गरगहना, जात्रा, परम्परा, ऐतिहासिक दस्तावेज, ग्रन्थ, पम्परागत खानेकुराको समेत खोज तथा अनुसन्धान गर्दै संरक्षण गगर्नुपर्ने बताउनुभयो ।

नेपाल बाट हराएका, चोरी भएका या विभिन्न समयमा बिदेश पुगेका मुर्ती लगाएयतका पुराना शिलालेख नेपालको सम्पत्ति हुन उहाँले भन्नभयो, ती सबै फिर्ता ल्याउनु पर्छ, त्यसको लागि राज्यले विशेष ध्यान पुर्याउनुपर्छ ।
महानिर्देशक प्रधानाङ्गले सम्पदा संरक्षण गर्न स्थानीयको नै महत्वपूर्ण भुमिका हुने भन्दै त्यस्ता सम्पदाको पहिलो उपभोग गर्ने र नजिक बाट नियाल्ने कार्य स्थानीय समुदाय नै भएकोले सम्पदा जोगाउन स्थानीय समुदाय अग्रसर र जागरुप हुनुपर्ने बताउनुभयो ।
यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले संस्कृत शिरोमणि हरिराम जोशीको संस्कृति तथा सांस्कृतिक सम्पदा माथिको अध्ययन भावी पुस्ताको लागि पनि महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

ललितपुर महानगरपालिका ५ न वडाका वडाध्यक्ष विकासमान श्रेष्ठले सांस्कृतिक सम्पदाको संरक्षणमा सबै जुट्नु आवश्यक रहेकोभन्दै भौतिक अभौतिक सम्पदा संरक्षणामा वडा न ५ सधै तत्पर रहेकोप्रतिबद्धता जनाउनु भयो ।

बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले पुस्तौंदेखि मान्दै आएको धर्म संस्कृति, संस्कार र व्यावहारबाट आएका हाम्रामौलिक परम्परापनि हाम्रो नेपाली संस्कृति भएकोले यसको संरक्षण गर्नु अहिलेको पुस्ताको दायित्व रहेको धारणा राख्नुभयो ।
वडा न ५ का महिला सदस्य ललितपुर महानगरपालिका सोभा श्रेष्ठले मुर्त अमुर्त सम्पदाको संरक्षण गर्न जरुरी रहेकोमाजोड दिनुभयो ।

वरिष्ठ पत्रकार सुनिल महर्जनले अमुर्त सांस्कृतिक सम्पदाको संरक्षणको विषयमा मह्त्व बुझाउन र जागरुकता ल्याउन जरुरी रहेकोबताउनुभएको थियो ।उहाँले भौतिक सांस्कृतिक सम्पदा निर्माण र संरक्षणमा जति काम भैरहेका छन त्यसलाई निरन्तरता दिदै अभौतिक अमुर्त मौखिक सम्पदाको संरक्षणमा जुट्न जरुरी रहेकोमा जोड दिनभएको हो । अमुर्त सांस्कृतिक सम्पदा संरक्षणमा सबै स्थानीय तहले सोच्नबेला आएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ