प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् । आज दिउँसो १ बजेर २५ मिनेटमा नेपाल वायुसेवा निगमनको जहाजबाट उनी दिल्ली जानेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
भारतको राष्ट्रपति भवनले त्यहाँको स्थानीय समयअनुसार, आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि आजै प्रधानमन्त्री पचण्डसँग संक्षिप्त भेटवार्ता हुने बताईएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline