कारागारका कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा भट्टीबाट पक्राउ

कारागारका कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा भट्टीबाट पक्राउ

  • शुक्रबार, जेष्ठ २५, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.3K
    SHARES

कञ्चनपुर । उच्च सुरक्षा सम्वेदनशिल रहेको कञ्चनपुर कारागारका कर्मचारी र कैदीबन्दीसंगै दिउँसो मदिरा सेवन गर्दै आएका छन । कार्यालय समयमै कारागारका निजामती कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा सेवन गर्दै आएका हुन ।
बिहीबार कञ्चनपुर प्रहरीको टोलीले कारागारका कर्मचारी र कैदीबन्दीलाईसंगै मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले खरिदार जिवन पन्त र कैदीबन्दी भुवन थापा सहितलाई मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार कैदीबन्दी रकर्मचारी मदिरा सेवन गरिरहेको अवस्थामा होटलबाटै उनीहरुलाई पक्राउ गरेको बताए ।

‘कार्यालय समयमै कर्मचारी यसरी कैदीबन्दीसंगै बाहिरा आएको यो घटनाको हामीले छानबिन गरिरहेका छौँ, ‘प्रवक्ता जोशीले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुन्छ ।’
यसरी निजामती कर्मचारी कार्यालय समय, सुरक्षा समवेदनशिलता भएको कारागारमा कार्यरत कर्मचारी नैतिकदेखि कानुनी आचार भन्दै चौतर्फी आलोचना भईरहेको छ ।
उक्त घटनापछि प्रहरीले कारागार सुरक्षामा रहेका कारागार सुरक्षा प्रमुख समेत परिर्वतन गरेको छ । ९५ जना कैदी क्षमता रहेको कञ्चनपुर कारागारमा हाल साढे पाँच सय बढि कैदीबन्दी रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी