मधेश प्रदेशमा शुक्रबार सम्म नयाँ सरकार गठनको आव्हान्

मधेश प्रदेशमा शुक्रबार सम्म नयाँ सरकार गठनको आव्हान्

  • बुधबार, जेष्ठ २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न उनले आह्वान गरेकी हुन्।

प्रदेश प्रमुख भण्डारीले नयाँ मुख्यमन्त्री बन्न दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न प्रेस आह्वान गरेकी छन्।

ुनेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई जेठ २५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ,ु प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच सहमति भएको छ। जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी छ। नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको हो।

बुधबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिइएको हो।

मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए। जसपा, लोसपा, नेपाली कांग्रेस र राप्रपाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका थिए भने नेकपा एमाले, जनमत, माओवादी, एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए।

मधेस प्रदेशसभा बहुमतका लागि कम्तिमा ५४ जना सांसदको समर्थन आवश्यक छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ