जेठ १६ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङ र नेपालका लागि ईजरायली राजदुत राजदुत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय कुटनीतिक सम्बन्ध लगायतका बिषयमा छलफल भएको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार अन्तर्राष्ट्रिय बहुपक्षीय कुटनितिक फाेरमहरुमा आपसी सहयोग सहकार्य गर्नेबारे छलफल भएको हो ।
नेपाल र ईजरायलबीच दौत्य सम्बन्ध स्थापना भएको ६४ बर्ष भन्दा बढी भएको छ । ईजरायलमा हाल ३ हजार बढी नेपाली बिद्यार्थी, प्रशिक्षार्थी र कामदार रहेका छन् ।
आजको भेटमा दुई देश बीचको आपसी सहयोग सम्बन्धका विषयमा छलफल हुनुका साथै इजरायलले नेपालीहरु लाई प्रदान गर्दै आएको रोजगारी, कृषि प्रविधि तथा छात्रवृत्ति लगायतक विषयमा पनि छलफल भएको थियो । नेपालमा इजरायली पर्यटकको संख्या बढाउने बिषयमा पनि छलफल भएकाे बताईएकाे छ ।
राजदुत बर्गरले नेपालको प्रकृति, कला र संस्कृति र साहित्यको प्रशंसा गर्दै नेपालीहरुको आत्मीय व्यवहार रहेको भन्दै खुसी व्यक्त गरे ।

नेपालमा ईजरायलबाट बर्षेनी हजारौँ पर्यटक आउने गरेको भन्दै राजदुत बर्गरले पर्यटन प्रबद्र्धनका लागि सहयोग गर्ने र अन्तराष्ट्रिय कुटनीतिक फोरमहरुमा सहकार्य गर्ने बताएका थिए ।
ईजरायलमा मुख्यगरी कृषि क्षेत्रमा बिद्यार्थी, प्रशिक्षार्थीहरु रोजगारी र शिक्षाका लागि पुग्ने गरेका छन् ।