७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसमा कीर्तिमानी आरोही व्यक्ति र संस्थालाई सम्मान र पुरस्कार

७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसमा कीर्तिमानी आरोही व्यक्ति र संस्थालाई सम्मान र पुरस्कार

  • बुधबार, जेष्ठ १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

जेठ १६ काठमाण्डौँ । सरकारले ७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसका अवसरमा आज विभिन्न कीर्तिमानी व्यक्ति आरोही एवं संस्थाहरुलाई सम्मान र पुरस्कार वितरण गरिएको छ ।

पर्यटन विभागको सिफारीस अनुसार ७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवस मनाउने सम्बन्धि गठित कार्यदलको निर्णय अनुसार उनीहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
प्रज्ञा भवन कमलादीमा भईरहेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत बहादुर कार्की, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेय उपस्थित थिए् ।

पुरस्कार र सम्मान पाउनेहरुमा विश्वका सात वटै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गरेका सोलुखुम्बुका लाक्पा सोनाम शेर्पा, २३ पटक सगरमाथा आरोहण गर्नुका साथै अन्य हिमालहरुको दर्जनौँ पटक आरोहण गर्न सफल दोलखाका पेमा छिरिङ शेर्पा, नेपाली सेनाका महासेनानी सुनिल सिंह राठौर सहितलाई पुरस्कार र सम्मान गरिएको हो । महासेनानी राठौरलाई सन् १९९९ बाट पर्वतीय पर्वतारोह कार्यको शुभारम्भ गरी नेपाली सेनाको सगरमाथा आरोहण दल २००३ मा सहभागी भई पहिलो पटक सेनाको अधिकृत स्तरबाट सगरमाथाको सफल आरोहण गरेको लगायत योगदानका आधारमा पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

यसै गरी एकल महिला सगरमाथा आरोहण दल २०१९, आङ छिरि शेर्पा, संसारका सर्वोच्च शिखरहरुको आरोहण गरेकी आङ छिरी शेर्पालाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।
यसै गरी यस बर्ष कोशी प्रदेश सरकारले पनि विभिन्न पाँच जना आरोहण सहयोगी एवं उद्धारकर्तालाई जनही २५ हजार नगद सहित सम्मान गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत बहादुर कार्कीले हेलिकप्टर लङलाईन स्पेसियलिष्ट संखुवासभाका छिरिङ धेन्दुक भोटे, आरोही एवं रेस्क्यु विज्ञ एवं प्रशिक्षक लमजुङका नरेन्द्र शाही, उच्च हिमाली क्षेत्रमा आपतकालीन उद्धार गरी उदाहरणीय मानवीय कार्य गरेको योगदानका लागि सोलुखुम्बुका ग्याल्जे शेर्पा, एकै सिजनमा सगरमाथाको तीन पटक आरोहण गर्न सफल सोलुखुम्बुका ल्हाक्पा डेन्डी शेर्पा र खुम्बु आईसफल डाक्टरको रुपमा १८ वर्षदेखि क्रियाशील सोलुखुम्बुकै आङ सर्की शेर्पालाई नगद सहित पुरस्कार प्रदान गरेका छन् ।

यसै गरी सगरमाथा आरोहणमा विभिन्न रेकर्ड बनाएका एवं आरोहण कार्यमा विभिन्न योगदान पुर्याएका र सगरमाथा आधार शिविरमा बसेर सूचना संकलन, सम्प्रेषण , समन्वय , सहजिकरण र नियमन कार्यहरु कुसलतापूर्वक सम्पादन गरेका एवं आरोहणमा मानवीय जोखिम न्युनीकरणमा भूमिका खेलेका विभिन्न व्यक्तिहरुलाई पनि सम्मान प्रदान गरिएको छ ।

यसरी सम्मान पाउनेमा ३० पटक सगरमागा आरोहण गरेका कामीरीता शेर्पा, सगरमाथाको दोस्रो शिविर देखि चुचुरो सम्म डोरी टाँगेर सहयोग गर्ने डेन्डी शेर्पा लगायत १० जनाको टोली , गोरखाका फुञ्जो झाङमु लामा, नाङसाल छ्योप्टोन लामा, दावा फिन्जोग शेर्पा , पहिलो पटक प्रहरी बाट सगरमाथा आरोहण गरेका प्रहरी बरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली, शसस्त्र प्रहरी निरीक्षक सुरज पौडेल, प्रहरी नायब निरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका मेजर गजेन्द्र देउवा, क्याप्टेन दिपेन्द्र सिंह खत्री सम्मानित भएका छन् ।

यसै गरी सम्मानित हुनेमा सगरमाथा आरोहण गरेकी एयर होस्टेज ओम्निका डंगोल, म्यासेडोनियाका आरोहीले आरोहणकै बेला मानसिक सन्तुलन गुमाएर मृत्युको मुखमा पुगेका बेला उद्धार गरेर बचाउन सफल तीन गाईडहरु छिरिङ पेम्बा शेर्पा, पासतेन्जी शेर्पा र दावा तेन्जेन शेर्पालाई पनि सम्मान गरिएको छ ।

यसै गरी सगरमाथाको नेपाली नामाकरण गरेका ईतिहास शिरोमणि बाबुराम आचार्यको सम्झनामा सगरमाथा सम्बन्धि महत्वपूर्ण सन्दर्भ सामाग्री समेटेर १५ औँ चुली नामक पुस्तक लेख्ने नापी विभागका प्रमुख खिमलाल गौतमलाई ७५ हजार नगद सहित सम्मान गर्नुका साथै आचार्यको परिवारलाई पनि सम्मान गरिएको थियो ।

  

  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी