सहकारी ठगी प्रकरणमा सडकबाटै दबाब बढ्दै, गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

सहकारी ठगी प्रकरणमा सडकबाटै दबाब बढ्दै, गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

  • सोमवार, जेष्ठ १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री रवि लामिछाने बिरुद्ध सडकबाटै दबाब बढ्न थालेको छ । सदनमा काँग्रेस र राप्रपाले दबाब दिईरहेका छन् । आईतबारबाट काठमाण्डौँ र पोखरामा काँग्रेस सहित अन्य दलहरुले गरेको छुट्टा छुट्टै बिरोध प्रदर्शनमा गृहमन्त्री लामिछाने बिरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरिएको छ ।

काँग्रेसले काठमाण्डौँको प्रदर्शनीमार्गमा सडकमा प्रदर्शन गर्दै सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेकाले गृहमन्त्रीमाथि संसदीय छानविन हुनु पर्ने माग राखेको छ । काँग्रेसका नेतारुले उस्तै मुद्धा लागेका सांसद फरार रहेको चर्चा गर्दै त्यस्तै आरोप लागेका लामिछाने गृहमन्त्री रहेको भन्दै कटाक्ष गरे ।

उता पोखरामा पनि विभिन्न दलले सडकमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।

कास्कीका क्रियाशिल ६ राजनीतिक दलका नेताले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर संसदीय छानबिन समिति बनाउन मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । सहकारी पीडितको पक्षमा आइतबार पोखरामा विरोध प्रदर्शन गर्दै उनीहरुले छानबिन समितिमार्फत बचतकर्तालाई न्याय दिनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी