संसदीय छानविन समितिको कार्यादेशका बिषयमा दलहरु सहमति नजिक, आज शीर्ष नेताले टुंगो लगाउने

संसदीय छानविन समितिको कार्यादेशका बिषयमा दलहरु सहमति नजिक, आज शीर्ष नेताले टुंगो लगाउने

  • आइतवार, जेष्ठ १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सहमतिको नजिक पुगेको छ ।

गृहमन्त्री रवि लामिछानेको नाम नलेख्ने तर गोर्खा मिडिया नेटवर्क र उनी जोडिएका सहकारीहरुको नाम उल्लेख गर्ने गरी कार्यादेश बनाउन सहमति हुने संभावना छ ।

आज दलका शीर्ष नेताहरुले बसेर यस बिषयलाई टुंगो लगाउने तयारी भएको छ । हिजै साँझ सहमति गर्ने भनिए पनि काँग्रेस सभापति शेर बहादुर देउवा वालुवाटार नगएपछि बैठक सरेको हो । बैठक आज बिहान ९ बजे बस्नेछ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ