अधिकार माग्ने नाममा संविधान विपरितका गतिविधि गर्ने छुट कसैलाई छैनः मन्त्री तामाङ

अधिकार माग्ने नाममा संविधान विपरितका गतिविधि गर्ने छुट कसैलाई छैनः मन्त्री तामाङ

  • शनिबार, जेष्ठ १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले अधिकारका लागि आन्दोलन गर्नु जायज भएपनि अराजकता देखाउन नहुने बताउनु भएको छ । जनजाती कल्याण आश्रम नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न आदिवासी जनजातिको भुमि, भाषा, धर्म, संस्कृतिको संरक्षण र अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ विषयक एक दिने विचार गोष्ठिको उद्घाटन गर्दै मन्त्री तामाङले अधिकार प्राप्तिका लागि सबै एक ढिक्का भएर अनुसाशित रुपमा मुमेन्ट चलाउन आवश्यक रहेको बताउनु भएको हो ।
आफुले चाहेजस्तो संविधान प्राप्त गर्नका लागि आदिवासी, जनजाति, मधेशी, महिला, अल्पसंख्यक, किसान सबैले आन्दोलन गर्न पाउनु लोकतान्त्रिक संविधान प्रदत्त अधिकार भएपनि प्राप्त संविधानको समुचित प्रयोग गर्ने कुरामा सचेत हुन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री तामाङले भन्नुभयो, “अधिकारका लागि सबैलाई आन्दोलन गर्न छुट छ, गर्नुपछ भन्नेकुरामा मेरो विमती छैन तर प्राप्त संविधानको समुचित प्रयोग अथवा कार्र्यन्वयन गर्ने कुरामा सचेत हुदैँ बाकीँ रहेको अधिकारका लागि एक ढिक्का भएर अराजक तरिकाले हैन, नियमबद्ध तरिकाले अघि बढ्नुपर्छ ।”
खेलाडि जतिसुकै बलियो भएपनि नियममा रहेर अघि नबढे जित सम्भव नभएको उहाँको भनाई थियो ।
अहिलेको संविधान विगतको भन्दा उत्कृष्ठ संविधान भएको भन्दै मन्त्री तामाङले यसको कार्यान्वयनमा सबैको साथ आवश्यक रहेकोमा जोड दिनुभयो ।


आन्दोलनका नाममा नियम, कानुन विपरितका गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले भद्रगोल सिर्जना गर्ने गरि नभएर अधिकार प्राप्त गर्नेगरि गोल गर्ने हिसावमा अघि बढ्र्नुपर्ने बताउनुभयो । मन्त्री तामाङले जातिय रुपमा अनुहार हेरेर मात्रै नभएर आदिवासी जनजातिको पक्षमा लडिरहेकाको पहिचान गरि विचार र उदेश्य मिल्ने व्याक्ति, संस्था, राजनीतिक दलसँगको सहकार्य गर्न आह्वान समेत गर्नुभयो ।
आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण र राज्यसँग जोड्ने कुरामा आफु प्रतिबद्ध रहेको भन्दै उहाँले स्रोत र साधनले पुगेसम्म मन्त्रालयले सहयोग गर्ने पनि बताउनु भयो ।

यस्तै कार्यक्रमको औचित्वयबारे प्रकाश पार्दै आश्रमका अध्यक्ष प्रकाश राईले आदिवासी भनेर गर्व गरेपनि आफ्नो भाषा, संस्कार, संस्कृति भुल्दै जानु दुःखद भएको बताउनु भयो । उहाँले राज्यले पनि आदिवासी जनजाति प्रतिष्ठानलाई वजेट नदिएर धराशायी बनाउन खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा डा. कृष्ण भट्टचनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ