‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक

‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक

  • मङ्लबार, जेष्ठ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ । फिल्म ‘पूजार सार्की’ मा अभिनेता पल शाहको नयाँ लुक्स सार्बजनिक गरिएको छ । फिल्ममा उनको जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको भूमिका निभाएका छन् । यसअघि सार्वजनिक बन्दुक बोकेको लुक्समा देखिएका पलको नयाँ लुक्समा फुलेको दार्हीसहितको गेटअपमा देखिएका छन् ।

पलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा उनको कपाल र दाह्री सेत्तै फुलेको छ । आँखामा चश्मा छ । शिरमा ढाका टोपी र स्टकोट लगाएका उनलाई प्रहरीहरुले समातेका छन् । टिजर र ट्रेलरमा जवान देखिएका उनलाई वृद्ध अवस्थामा पनि फिल्ममा देख्न सकिने यी तस्वीरहरुबाट बुझ्न सकिन्छ ।

पलले प्रहरीसँग मुठभेडको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो करिअरमा महत्त्वपूर्ण फिल्म ‘पूजार सार्की’ सावित हुनेमा ढुक्क छु । आज मैले फिल्ममा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु । यसबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्वीरलाई लिएर देखाउनुभएको प्रेम अतुलनीय छ ।’

यही बिहीबार अर्थात् बुद्ध जयन्तीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा पलका साथै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा छन् । दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुसालले निर्माण गरेका हुन् । सोमबारबाट फिल्मको मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी