नक्सालको बाल संगठनको जग्गामा घोटाला गर्ने कार्यमा संलग्न २० जना बिरुद्ध पक्राउ पूर्जी जारी , को को छन् संलग्न ?

नक्सालको बाल संगठनको जग्गामा घोटाला गर्ने कार्यमा संलग्न २० जना बिरुद्ध पक्राउ पूर्जी जारी , को को छन् संलग्न ?

  • बिहिबार, बैशाख २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल बाल संगठनको तर्फबाट मंगलबार (२५ वैशाख) जाहेरी परेपछि अनुसन्धान सुरु गरेको हो।

बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ। नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) जोशी परिवार र विशाल ग्रुपले लिजमा दिइएको थियो।
जाहेरीमा अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरिएको र त्यस्तो कार्य गर्ने/गराउनेलाई कानून अनुसार कारबाहीको माग गरिएको छ।

यी हुन् जग्गा घोटालामा संलग्नहरु :

१) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह।
२) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ।
३) नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ।
४) नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य।
५) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह।
६) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले।
७) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल।
८) नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ।
९) नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान।
१०) नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने।
११) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही।
१२) नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ।
१३) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी।
१४) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी।
१५) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी।
१६) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी।
१७) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई।
१८) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया।
१९) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया।
२०) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी