काठमाडौं। लोकदोहोरी गायिका सुमित्रा तामाङको स्वर र अभिनय रहेको नयाँ गीत ‘मान्छे सोझी छ’ सार्वजनिक भएको छ । उक्त गीमा गायिका तामाङ र गायक खेम सेन्चुरीको आवाज रहेको छ। गायिका तामाङको आफ्नै आधिकारिक युट्युब च्यानल ‘सुमित्रा तामाङ’मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।
गीतमा नेत्र अर्यालको शब्द रचना रहेको छ भने गायक खेम सेन्चुरी आफैँले संगीत भरेका छन्। म्युजिक भिडिओमा गायिका सुमित्रा आफैँ र विनोद भण्डारीले अभिनय गरेका छन्। भण्डारीको नै निर्देशन रहेको गीतमा समाजमा घट्ने समसामयीक विषयवस्तुलाई समावेश गरेको छ।
‘मत गाउँले मगरकी छोरी’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुमित्राले ‘यो जुनेली रात,’ ‘दौतरी,’ ‘मलेखु माछा,’ ‘सम्झना बिर्सनाको साथी’ ‘चौतारीको बर’लगायत दर्जनौँ गीतमा आवाज दिइसकेको बताइन्। धादिङको नीलकण्ठ नगरपालिका १४ अधेरिमा जन्मिएकी गायिका तामाङले यस गीतलाई पनि पहिलेका गीतहरूलाई जस्तै दर्शक श्रोताहरूले मन पराइदिनेमा आशावादी रहेको बताईन् ।