इलाम- २ मा डम्बर खड्काले पाए काँग्रेसबाट टिकट, यसपाली मार्लान बाजी ?

इलाम- २ मा डम्बर खड्काले पाए काँग्रेसबाट टिकट, यसपाली मार्लान बाजी ?

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि ईलाम- २ मा यस अघिको निर्वाचनमा झिनो मतले पराजित भएका डम्बर खड्कालाई नै टिकट दिएको छ ।

त्यस्तै, बझाङ प्रदेशसभा(१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

खड्का इलाम जिल्ला सभापति हुन् । उनी ०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

सभापति देउवाले बुधबारै इलाममा खड्का र बझाङमा सिंहको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । यद्यपि, शेखर कोइराला पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अडान लिएपछि छलफल लम्बिएको थियो ।

यस पटक खड्काका लागि चूनौती सुवासका छोरा सुहागं , पहिचानवादी डिकेन्द्र सिंह, मिलन लिम्बु लगायतका उम्मेद्धार रहेका छन् ।

यस पटक मुख्य प्रतिस्पर्धा सुहागंसँग हुने आकंलन काँग्रेस नेताहरुको छ । काँग्रेस नेताहरुले यस पटक खड्काले जित्ने दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी