सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईसँग गृहमन्त्री रवि लामिछाने सम्पर्कमा रहेको काँग्रेसको दाबी

सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईसँग गृहमन्त्री रवि लामिछाने सम्पर्कमा रहेको काँग्रेसको दाबी

  • बुधबार, चैत्र २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको काँग्रेसले दाबी गरेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको जिकीर गरे । तर, जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर उनले प्रश्न गरे ।

संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको अभिव्यक्ति दिएको प्रसंग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’

‘जीबी राई मलेसियामा छन् दुनियाँलाई थाहा छ,’ शर्माले भने, ‘खोज्ने काम सरकारको निकायले गर्ला । तर हामीले पाएको सूचना अनुसार जीबी राई गृहमन्त्री जीको सम्पर्कमा हुनुहुन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी