गाँउपालिका अध्यक्ष खड्काः राप्रपा छाडेर एमाले, चुनाव जितेपछि काँग्रेस, अहिले भ्रष्टाचार मुद्धामा दोषी ठहर

गाँउपालिका अध्यक्ष खड्काः राप्रपा छाडेर एमाले, चुनाव जितेपछि काँग्रेस, अहिले भ्रष्टाचार मुद्धामा दोषी ठहर

  • मङ्लबार, चैत्र १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो।

खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला गरे‍को छ।

अदालतले राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ।

त्यसैगरि दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ।

अदालतले सामान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।

पालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनाविरुद्ध मुद्दा चलाएको थियो।

०७४ सालको स्थानीय तहको निर्वाचनअगाडि खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए।

एमालेमा प्रवेश गरेपछि गाउँपालिका अध्यक्षमा निर्वाचित खड्का त्यसपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए। उनी अब जेल जाने पक्का भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी