मोरङको बेलबारीमा पत्नीको घाँटी रेटेर हत्या गरेपछि आत्महत्या गरे लिम्बुले

मोरङको बेलबारीमा पत्नीको घाँटी रेटेर हत्या गरेपछि आत्महत्या गरे लिम्बुले

  • बुधबार, चैत्र ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

विराटनगर । मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

बमबहादुरले बुधबार बिहानका राति १ ४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको कारण खुलेको छैन ।

घरमै रहेका ८ बर्षका छोरा भने भागेर बाँच्न सफल भएका थिए । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी