सहकारी पीडितद्धारा प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री रवि लामिछानेमाथि पनि छानवीन गर्न माग गरे

सहकारी पीडितद्धारा प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री रवि लामिछानेमाथि पनि छानवीन गर्न माग गरे

  • आइतवार, चैत्र ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

पत्रकार महासंघ कास्कीले आयोजना गरेको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा जाँदै गरेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकारी पीडितले ज्ञापन पत्र बुझाएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी हुन पोखरा उद्योग बाणिज्य संघको सभाहल जाने क्रममा बाटोमै उनीहरुले ज्ञापन पत्र दिएका थिए ।

सहकारी पीडितका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।

उनले सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो रकम फिर्ता नपाउँदा कतिले ज्यान गुमाएको र कति औषधि उपचारसमेत नपाएको बताएका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितका समस्याबारे आफू जानकार भएको बताए। उनले सहकारी पीडितको समस्या समाधान गर्न सरकारले छिट्टै नीतिगत निर्णय गरेर अघि बढ्ने तयारी गरेको बताए।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उक्त सकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको पोखरा महानगरको छानविन प्रतिवेदनमा उल्लेख छ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका राइले सहकारीबाट गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेका थिए। सहकारी संचालक एवं ग्यालेक्सी टेलिभिजनका व्यवस्थापक कुमार रम्तेलले पोखराको सुर्यदर्शन सहकारीबाट मात्र टेलिभिजनमा ११ करोड लगानी लगेको बयानमा बताएका छन्।

टेलिभिजनका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने हाल उपप्रधान तथा गृहमन्त्री छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी