काँग्रेस फेरी हिन्दु राष्टको पक्षमा उभिन सक्छ ?

काँग्रेस फेरी हिन्दु राष्टको पक्षमा उभिन सक्छ ?

  • बिहिबार, फाल्गुन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

२०७२ साल असोज ३ गते काँग्रेसको स्वर्गीय प्रधानमन्त्री शुसील कोईरालाको नेतृृत्वमा देशमा नयाँ संविधान जारी भयो । जुन संविधानले देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो ।

पछिल्लो समय गणतन्त्रले केही दिएन देशमा हिन्दु राष्ट्र पुनस्थापना हुनु पर्ने माग बढ्दै गएको छ । यही परिवेशमा काँग्रेसको महासमिति बैठकमा केही नेताहरुले हस्ताक्षर अभियानै चलाएका छन् ।

गोदावरीमा चलिरहेको महासमिति बैठकमै यो एजेण्डामा बहस गराउन नेताहरु लागि रहेका छन् ।

कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

स्वयं पूर्व महामन्त्री शंसाक कोईरालाले पनि यो अभियानमा हस्ताक्षर गरेका छन् ।

यो बिषयमा संभवतः केही नेताले आज पुरक प्रस्ताव पेश गर्ने बताईएको छ ।

यसले काँग्रेस भित्र हिन्दु राष्ट्रको पक्षमा मत बलियो रहेको देखाउछ । यदी यो विषय निर्णय भएमा राष्ट्रिय राजनीतिमा गंभीर असर पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी