प्रचण्डको प्रस्तावः प्रतिकृवादीले हेप्न थाले, सबै माओवादी मिलौँ , म पद छाड्न तयार छु

प्रचण्डको प्रस्तावः प्रतिकृवादीले हेप्न थाले, सबै माओवादी मिलौँ , म पद छाड्न तयार छु

  • मङ्लबार, फाल्गुन १, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

फागुण १ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धताका एक ठाउँमा रहेका सबै शक्तिबीच एकता आवश्यक रहेको भन्दै आवस्यक परे आफूले पद छाड्न तयार रहेको बताएका छन् ।

 

उनले प्रतिक्रियावादीहरूको प्रतिरोधका लागि सबै माओवादी घटक तयार हुनुपर्ने पनि बताए ।

 

पार्टीको विधान अधिवेशनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै माओवादीका सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरे ।

‘माओवादी मोर्चका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध बनौँ। अब ढिलो नगरौँ जति ढिला भयो, त्यति क्षति हुन्छ। राजनीतिक रुपमा घाटा हुन सक्छ’, उनले आफूबाट छुटेका शक्तिहरू र तिनका नेतालाई लक्षित गर्दै भने, ‘आउनुस् बसौँ समीक्षा गरौँ, आत्मआलोचा गरौँ। एक भएर प्रतिक्रियावादीको प्रतिवाद गरौँ। मलाई तपाईंहरू अहिले जहाँ भए पनि हिजो सहयोग गर्नु भयो। मलाई स्थापित गर्न सहयोग गर्नु भयो।’

जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु’, उनले भने, ‘कोही कमरेडहरू आउनु हुन्छ तयार हुनु हुन्छ भने म नेतृत्व छाड्न तयार छु। मलाई नेतृत्वमा बसिरहन मन छैन।’

‘प्रतिक्रियावादीहरूले टाउको उठाउन थालेको भन्दै अब जाई लाग्ने समय आएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी