पोखराका सहकारी पीडितले रवि लामिछाने बिरुद्ध दिए प्रहरीमा जाहेरी

पोखराका सहकारी पीडितले रवि लामिछाने बिरुद्ध दिए प्रहरीमा जाहेरी

  • मङ्लबार, माघ २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितको दावी छ ।

रवि लामिछाने पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् भने दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् । उनी पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।
यो सँगै सहकारी पीडितका दर्जनौँ जाहेरी कास्की प्रहरीमा दर्ता भईसकेको छ ।

पीडितहरूले लामिछाने र पुनसहित थप १५ वटा कम्पनीबारे पनि अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेका छन् । बचतकर्ताको पैसा ती कम्पनीमा लगानी गरेको पीडितको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी