‘खुस्मा’मा बाँधियो धिरज र उपासनाको जोडी

‘खुस्मा’मा बाँधियो धिरज र उपासनाको जोडी

  • सोमवार, माघ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ,  १ माघ । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने ‘खुस्मा’को औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सोमबार कमलादी गणेशस्थानमा पूजा गर्दै फिल्मका मुख्य कलाकारको नाम सार्वजनिक गरिएको हो ।

अशोक थापा मगरको निर्देशन रहने फिल्मले द्धन्द्धको पृष्ठभूमिमा रहेर कथावाचन गर्नेछ । दीपक बज्राचार्यको छायांकन रहने फिल्ममा धिरज मगर र उपासना दुवैले फरक फरक उमेर समूहको भूमिका निर्वाह गर्नेछन् ।

रुकुममा खिचिने फिल्ममा फिल्ममा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । फिल्ममा एस डी योगीले संगीत दिनेछन् । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ । दक्षिण कोरियामा सिनेमा अध्यय गरेका अशोकले यसअघि केही लघु चलचित्रको निर्माण गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी