चलचित्र ‘म्याउँ’मार्फत् पर्दामा फर्कंदै उत्तम प्रधान

चलचित्र ‘म्याउँ’मार्फत् पर्दामा फर्कंदै उत्तम प्रधान

  • सोमवार, माघ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, १ माघ  । अभिनेता उत्तम प्रधानको प्रमुख अभिनय रहने गरी नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । चलचित्रमा अनुप विक्रम शाही पनि महत्वपूर्ण भूमिकामा रहनेछन् ।  माघे सक्रान्तिको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।

उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा अन्य कलाकार भने छनौट हुने क्रममा रहेका छन् । उत्तम प्रधान लामो समयदेखि पर्दामा फर्कने तयारी गरिरहेका थिए । उनले दर्पणछायाँको सिक्वेलको रुपमा फेरि दर्पणछायाँ बनाउने घोषणा पनि गरेका थिए । तर अहिलेसम्म यसको काम अगाडि बढ्न सकेको थिएन ।

दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित चलचित्र ‘कान्तारा’को गीत ‘बराह रूपम’ र पद्मलता चलचित्र ‘थानी ओरूभन’को ‘कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन् ।

दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एसोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।

यो चलचित्र चीनमा पनि रिलिज हुने निर्माण टिमले जानकारी गराएको छ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाइम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया  चलचित्रमा आबद्ध भइसकेको छ ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी