आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

  • मङ्लबार, मंसिर १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ मङ्सिर : पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कि नं ८० को जग्गा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत बी आर्किटेक्चरल विषय अध्यापन गराउन काठमाडौँ विश्वविद्यालयलाई भोगाधिकारसहित हस्तान्तरण गरिने भएको छ । सम्झौता अनुसार विश्वविद्यालयको प्रवेश परीक्षामा उत्तीर्णमध्ये जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका पनौती नगरपालिका–७ मा स्थायी बसोबास भएका एक विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा र अन्य वडामा बस्ने एक गरी दुई जनालाई ५० प्रतिशत शुल्कमा अध्यापन गराउनुपर्नेछ ।

त्यस्तै बत्ती, पानी, टेलिफोनको महसुल काठमाडौंँ विश्वविद्यलायले बेहोर्ने, पनौती नगरपालिका–७ अन्तर्गतका प्राचीन सम्पदाको संरक्षण गर्ने सिलसिलामा विभिन्न नक्शाङुकनसम्बन्धी कार्य दोस्रो पक्षले निःशुल्क रूपमा गरिदिने, पहिलो पक्षको सिफारिसमा दोस्रो पक्षले इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय पनौतीमा सञ्चालन भइरहेको विज्ञान कक्षाको पढाइमा आवश्यक सहयोग गर्ने पनि सहमति भएको छ । साथै नगरपालिकाले विश्वविद्यालयलाई १५ वर्षका लागि उक्त भवन र जग्गा भोगचलन गर्न दिने र सम्झौता अवधिमा सो संरचना र जग्गालाई विश्वविद्यालयले आवश्यकता र सुविधाअनुसार प्रयोग गर्ने सहमति भएको छ ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यस सम्झौताले पनौती नगरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुनका साथै पनौती नगरको सांस्कृतिक एवम् पुरातात्विक क्षेत्रको विकासको लागि थप उपलब्धि प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । “विद्यलाय मर्ज गर्दा भवन खाली भएको थियो, काठमाडौँ विश्वविद्यालयको आग्रह र वडा नं ७ को सिफारिसपछि नगरपालिकाले उक्त निर्णय गरेको हो”, उहाँले भन्नुभयो । सम्झौताले पनौतीको वास्तुकला विषयमा अध्ययन गराउन विशेष टेवा पुग्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी