कामको अवधिपछि नेपालीलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह

कामको अवधिपछि नेपालीलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह

  • शुक्रबार, मंसिर १, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमांडौ । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् ।नेपाल र दक्षिण कोरियाबीचको कुटनितिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेंट्री कमीटीद्वारा आज कोरियाको राजधानी सिओलस्थित नेशनल एसेम्ली हाउसमा आयोजित बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् ।

उनले कोरियामा काम गर्ने नेपालीहरु काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसंग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।

पौडेलले नेपाल र कोरियाबीच कनेक्टिभिटी बढाउने र दुवै देशका बीचमा सिधा हवाई उडानहरू दुबै तर्फका ध्वजाबाहकहरूलाई उडान स्वीकृति प्रदान गर्नुपर्ने अवश्यकता औल्याए । सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एकअर्काको देशमा अवसरहरू अन्वेषण गर्न सहोग पुग्ने पौडेलले उल्लेख गरे ।

सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको राहत र पुर्न स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले दक्षिण कोरियाले छोटो अवधिमा हासिल गरेको प्रगति नेपालका लागि प्रेरणाको श्रोत बनेको बताए । नेपाल पनि सामाजिक९आर्थिक विकासमा अघि बढिरहेका बेला कोरियाको सफल रणनीतिलाई आत्मसात गरी कार्यान्वयन गरे नेपाललाई दिगो विकास र विकासतर्फ लैजान सकिने नेता पौडेलले उल्लेख गरे ।

लगानीलाई प्राथमिकतामा राखेर व्यवस्थित प्रक्रिया र प्रोत्साहनका साथ लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल प्रतिबद्ध रहेको भन्दै पौडेलले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरे ।दुबै राष्ट्रलाई फाइदा हुने अवसरहरू सिर्जना गरेर लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल तयार रहेको उनले उल्लेख गरे ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि आजसम्म नेपाल र कोरिया वीचमा सांस्कृतिक आदानप्रदान, आर्थिक साझेदारी, शान्ति र समृद्धिको प्रवर्द्धन र जनता – जनता वीचको अन्तरक्रिया लगायत सांस्कृतिक आदानप्रदानले नेपाल र दक्षिण कोरियाबीचको सम्वन्धलाई थप बलियो बनाउँदै लगेको पौडेलले दाबि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ