उत्तम र नग्माको अभिनयमा ‘गामकी सानी’

उत्तम र नग्माको अभिनयमा ‘गामकी सानी’

  • शुक्रबार, अशोज २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ । समाजसेवामा आफ्नो छुटै पहिचान बनाएका उत्तम राईद्धारा अभिनित म्यूजिक भिडियो ‘गामकी सानी’ सार्बजनिक गरिएको छ । उदयपुरका जिल्ला त्रियुगा नगरपालिका ११ गाईघाट स्थायी घर भई हाल ललितपुर बस्ने उत्तम राईको दमदार अभिनयमा सजिएको म्युजिक भिडियो ‘गामकी सानी’ भर्खरै बजारमा आएको हो । यही भिडियोमार्फत संगीत र अभिनयमा ‘डेब्यु’ गरेका राईलाई मोडल नग्मा श्रेष्ठले साथ दिएकी छिन् ।
उत्तम राई बाल्यकालदेखि नै कला÷संगीतक्षेत्रप्रति रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । कलाकारिताप्रतिको मोह र भविष्यको खोजीमा २ दशकयता राजधानीमा क्रियासिल राई अभिनयको यात्रामा बल्ल प्रवेश पाएका छन् ।

समाजसेवा र व्यापार ब्यवसायलाई सँगसँगै अघि बढाईरहेका राई मिडियाकर्मीसमेत हुन् । राईले गीत, संगीत र आफ्नो जोडी दुवैले मेहनेत गरेर अभिनय गरेकाले म्युजिक भिडियो सफल हुने विश्वास पनि लिएका छन् । म्युजिक भिडियोको प्रस्तुतकर्ता साहित्य तथा गीत÷संगीतकर्मी प्रेम राई (रिबुशाल) को, गायक साजन राईको स्वराङ्कन भएको म्युजिक भिडियोमा रोशन लिम्बु, रुद्र राई तथा प्रस्तुतकर्ता राईसमेतले अभिनय गरेका छन् । लोकलयमा गीतमा युवतीहरु सुन्दरसँगै असल चाल चलन र स्वभावका धनी हुने भाव प्रकट गर्न खोजेका छन् । पछिल्लो समय चर्चित कलाकारको परिचय बनाउन सफल भईसकेकी मोडल श्रेष्ठ र राईले ग्रामिण भेगको सुन्दर दृष्यमा अभिनय उतारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी