किरण र सबीना फिचर्ड ‘निर्णय’ सार्वजनिक ( भिडियो )

किरण र सबीना फिचर्ड ‘निर्णय’ सार्वजनिक ( भिडियो )

  • आइतवार, अशोज २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं – केहि महिना अघि ‘प्राप्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक किरण पुन्जले फेरि आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘निर्णय’ सार्वजनिक गरेका छन्। प्रेमिल शैली यस गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ। सहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै फर्केको दृश्यहरु भिडियोमा समावेश गरिएको छ। गायक पुन्ज र सबीना गिरीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन रहेको छ भने राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ। भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो।

झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्। गायक पुन्ज २०६४ साल देखि संगीत शिक्षकको रुपमा समेत कार्यरत छन् । २०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले विभिन्न शास्त्रीय संगीतका कार्यक्रमहरूमा पनि गीत गाउँदै आइरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी