पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो, विदेशी महिला पनि सजिए रातो सारीमा

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो, विदेशी महिला पनि सजिए रातो सारीमा

  • सोमवार, अशोज १, २०८०
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, १ असोज । तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ ।

विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

पशुपतिनाथको दर्शनका लागि बिहान ३ बजेदेखि चार वटै ढोका खोलिएका छन् । यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने ब्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत कार्य गरिरहेको छ । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ । चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

यसैगरी तिज पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका धर्मपत्नी सविता पौडेलले पशुपतिनाथको पुजा आराधना र दर्शन गर्नुभएको छ । उहाँले केहीबेरअघि पशुपतिनाथ मन्दिर पुगेर पुजा आराधना गर्नुभएको हो ।

आज तीजको अवसरमा विदेशी महिला पर्यटक पनि रातो सारीमा सजिएको भेटिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी