पोखराको फेवातालमा ड्रागन बोट रेस शुरु

पोखराको फेवातालमा ड्रागन बोट रेस शुरु

  • शुक्रबार, असार ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

पोखराको फेवातालमा पहिलो पटक ड्रागन बोट रेस शुरु भएको छ । चीनबाट ल्याईएको ८ वटा बोट मध्य चार वटामा नेपाली र चार वटामा चीनीया टिम सामेल भएर प्रतिस्पर्धा शुरु भएको हो ।

यसको उद्घाटन नेपालका पर्यटन मन्त्री सुदन किराती र चीनका राजदुत सोङले सँयुक्त रुपमा गरेका थिए । पोखरामा पर्यटन प्रवद्र्धनका लागि यो फेस्टिभल गरिएको हो ।
२ दिनसम्म चल्ने नेपाल-चीन फ्रेन्डसिप कार्यक्रमअन्तर्गत बोट रेस सुरु भएको हो।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य फेस्टिबलको अवसरमा पोखरा अन्तर्राष्ट्रिय उडान गर्न पाएको बताए। चार्टर्ड उडानबाट सुरु भएको हवाई कनेक्टिभीटीले नियमित हुने पाउने विश्वास व्यक्त गरे।

दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

चीनबाट बोट रेस तथा प्रशिक्षणका लागि सहभागीहरू पोखरा आएर केही समय अघिबाटै प्रतियोगिताको अभ्यास गरिरहेका थिए। रेसका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट लगायतका सामग्री ल्याइएको छ।

कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुईवटा सेगमेन्टमा ८ वटा बोट रेस प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिका कार्यक्रमका आयोजक हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी