असार ८ काठमाण्डौँ । पछिल्लो समय रुसी सेनामा नेपाली युवा भर्ती हुने गरेको चर्चापछि प्रधानमन्त्रीले यसबारे सरकारको ध्यान गएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसद्हरुले रुसी सेनामा नेपाली युवा सामेल भएको बिषयमा प्रश्न गरेका थिए । यसको जवाफ दिँदै प्रधानमन्त्रीले ध्यान गएको बताए ।
प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए। ‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, ुरूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ।
नेपाली युवाहरुले रुसी सेनामा भर्ना भएको टिकटकमा भिडियो सार्वजनिक भएपछि यो विषयले चर्चा पाएको छ ।
बेलायत र भारत बाहेक अन्य देशका सेनामा सामेल हुने अनुमति नेपाली नागरिकलाई अनुमति छैन । यस अघि फ्रान्सको सेनामा समेत नेपाली युवा सामेल भएको बताईदै आएको छ ।