असार ३ काठमाडौँ । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म ुआदिपुरुषु नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरुले पनि सोमबारबाट प्रदर्शन रोक्ने भएका छन् ।
हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि आदिपुरुष को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए ।
महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोसिस गरेपछि यो निर्णयमा पुगेको ढुंगानाले बताए । ुआजैदेखि विभिन्न हलमा पुगेर नगर प्रहरीले भोलीदेखि हिन्दी फिल्म नचलाउन निर्देशन दिन शुरु गरेको छ ।
आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका छन् । ुजानकी भारतीय छोरीु हुन् भन्ने संवाद फिल्मको मूल भागबाट हटाउनका लागि सरकारलाई ३ दिन पहिले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै शाहले चलचित्रका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् ।
ु