टेलिकमको टावर खरीदमा ६ करोड भ्रष्टाचार, कर्मचारीले नै हाले अख्तियारमा उजुरी

टेलिकमको टावर खरीदमा ६ करोड भ्रष्टाचार, कर्मचारीले नै हाले अख्तियारमा उजुरी

  • आइतवार, जेष्ठ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जेठ २८ , काठमाडौँ । दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा ६ करोड भ्रष्टाचार भएको भन्दै टेलिकमकै कर्मचारीले अख्तियारमा उजुरी दिएका छन् ।

नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रउपर ,मैनावति स्टिल इन्डस्ट्रिज भगवति स्टील इण्ड्रस्टीज र भारतको उत्सर्ग इन्डियासमेत ३ वटा कम्पनीले प्रस्ताव पेस गरेकोमा मैनावतिसँग मिलोमतो गरी करोडौँ घुस लिएर टेन्डर दिइएको आरोप लगाउँदै टेलिकमका न्यून वैतनिकका कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन्।

निवेदकका लागि विभिन्न भ्रष्टाचारजन्य कार्य भएको आरोप लगाउँदै उनीहरूले कारवाहीको माग गरेका छन्। कम्पनीको आर्थिक विनियममा भएको व्यवस्थाअनुसार प्रबन्धक अनुप रेग्मीको संयोजकत्वमा पहिलो बोलपत्र मूल्यांकन समिति गठन भएको थियो ।

उक्त मूल्यांकन समितिले बोलपत्रहरूको प्राविधिक मूल्यांकन गरी २ वटा बोलपत्र दाताहरू (मैनावति र भगवति स्टिल्स) लाई प्राविधिक रूपमा योग्य ठहर गरी आर्थिक प्रस्ताव खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि निर्णय हुन मूल्यांकन प्रतिवेदन सहित टिप्पणी फाइल केन्द्रीय कार्यालय समक्ष पेश गरेको र उक्त फाइललाई निर्णय प्रक्रियामा अल्झाएर, प्रबन्ध निर्देशक सुनिल पौडेल र प्रबन्धक देवेन्द्र खतिवडाले पटकपटक मूल्यांकन समितिका संयोजक अनुप रेग्मी र प्रमुख प्राविधिक अधिकृत संगीता पहाडीलाई उक्त मूल्यांकन प्रतिवेदन सच्चाएर मैनावति कम्पनीलाई मात्र प्राविधिक रूपमा योग्य ठहराएर पुनः फाइल पेश गर्न निर्देशन दिएको उजुरीमा भनिएको छ ।

मूल्यांकन प्रतिवेदन सच्याएर पुनः फाइल पेश गर्न मूल्यांकन समिति र प्रमुख प्राविधिक अधिकृतले कानुनी र प्रचलित व्यवस्था तथा खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धाको मान्यता बिपरित हुने भन्दै नमाने पश्चात नाप्रनि संगीता पहाडी काम विशेषले सिंगापुर गएको बेलामा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी प्रबन्धक देवेन्द्र खतिवडालाई दिएर उक्त फाइलउपर चलखेल सुरु गरिएको र त्यस क्रममा ६ करोड भ्रष्टाचार गरिएको उजुरीमा दावी गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ