विद्युत व्यापार सम्बन्धि बिधेयक सदनमा पेश गर्ने सरकारको निर्णय

विद्युत व्यापार सम्बन्धि बिधेयक सदनमा पेश गर्ने सरकारको निर्णय

  • बुधबार, जेष्ठ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

जेठ २४ काठमाण्डौँ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिइन्।

विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ।

यसै गरी सरकारले –काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोकेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चारमन्त्री शर्माले बताईन् । यसै गरी काठमाण्डौँ महानगरका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमण पनि मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ