दिल्लीबाट प्रचण्ड र मोदीले उद्घाटन गरेपछि कार्गो रेल विराटनगर यार्डमा आउने

दिल्लीबाट प्रचण्ड र मोदीले उद्घाटन गरेपछि कार्गो रेल विराटनगर यार्डमा आउने

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेठ १८ विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ।

रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन।

बथनाह ( कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ। बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी ९आइसिपी०सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन। उद्योगी सुयष प्याकुरेलका अनुसार रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए ।

आफुहरुले लामो समयदेखि माग गर्दै आएको विषयको सम्बोधन भएको उनले बताए। उनका अनुसार विराटनगरस्थित रेल्वे यार्डमा पहिलो पटक कार्गो रेल आउन लागेको हो ।

प्याकुरेलले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी÷व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए । कार्गो रेल नियमित सन्चालन भएमा ढुवानी भाडामा ३५ प्रतिशत सम्म खर्च जोगिने व्यवशायीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ