हुक्काः एन एब्सर्ड ड्रिमको प्रिमियर सो

हुक्काः एन एब्सर्ड ड्रिमको प्रिमियर सो

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, जेठ १२ गते । नेपाली चलचित्र हुक्काः एन एब्सर्ड ड्रिमु को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको प्रिमियर गरिएको हो ।

शोमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिति थियो ।

चलचित्रका निर्देशक शम्भु थापाले हाम्रो नेपाली समाजमा देखिएका घटनाहरुलाई जस्ताको त्यस्तै उर्तार्ने प्रयास गरको बताउनुभयो ।

शोमा उपस्थित कलाकार दिनेश डिसीले पनि चलचित्रका प्रमुख पात्र प्रमिला खनालको अभिनय अब्बल रहेको बताउनुहुँदै चलचित्रले हरेक दर्शकको मन छुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, अभिनेत्री प्रमिलाले चलचित्रले लोकल चामलको स्वाद दिने बताउनु भयो । चलभित्रको कथा विशेषगरि गाउँघरमा प्रयोग गरिने ुहुक्काु सँग जोडिएको छ । पुर्खाको सम्पत्तिको आडमा मानिसमा उत्पन्न हुने घमण्डलाई त्यागेर आजको दिनमा आफूले मिहिनेत गर्नुपर्ने, नेपाली समाजमा महिलाप्रति गरिने दयनिय व्यवहार, नेपाली समाजमा एकल महिलाप्रति गरिने व्यवहार, धन सम्पत्ति कमाउनकै लागि छोटो र सजिलो बाटो अपनाउने पात्रको कथा लगायत नेपाली समाजमा महिलाले गर्नसक्ने प्रगतिको कथा प्रस्तुत गरिएको छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुनुहुन्छ ।

चलचित्र आजबाट देशभरि प्रदर्शनमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी