मिटरव्याजी बिरुद्ध सरकारको कठोर कदमः अब कसैले बढी ब्याजमा पैसा लगाएर ठगे सात वर्ष जेल

मिटरव्याजी बिरुद्ध सरकारको कठोर कदमः अब कसैले बढी ब्याजमा पैसा लगाएर ठगे सात वर्ष जेल

  • शुक्रबार, बैशाख २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाण्डौ । सरकारले मिटरब्याजीलाई कडा सजायको व्यवस्था गरेको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो। जसअनुसार पैसा सापट दिएर मिटरब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ।

मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो। संशोधित कानुन लागू हुनुअघि भएको लेनदेनको कारोबारका आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरु ७ वर्षसम्म जेल सजायको भागिदार हुने भएका छन्।

यसैगरी संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्। ब्याजलाई साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेर बुझाएको रकमको भर्पाइ नदिने वा लिखत बनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीको लागि कुनै प्रकारको धम्की दिने, हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने ७ वर्षसम्म कैदी हुने भएको छ।

पछिल्लो समय मिटरव्याज पीडितको आन्दोलन चर्किएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सरकारले यो अध्यादेश ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ