दर्शकले मन पराए ‘बिहे पास’

दर्शकले मन पराए ‘बिहे पास’

  • सोमवार, बैशाख ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ४ बैशाख । नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ ।

संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका बिशाल पहाडी सरकारी अधिकृत छन् । फिल्मले सरकारी जागिरको कुरा मात्र होइन,नेपाली जनजीवनका बिबिध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ ।

नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी,कर्मचारीको घुस्याहा मनोबृति,लोकसेवा पास गर्न आर्थिक चलखेल,प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न बिबिध हतकन्डा अप्नाउने डनगिरीलगायतका बिबिध बिषयलाई समेटेको छ । हाँसो,रोमान्स,यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचीत संयोजन रहेको फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो ।

नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको ब्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । उनले आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन् ।

फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल,श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेल,रुषा न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी