चैत्र २५ काठमाण्डौँ । आफ्नो तेस्रो कार्यकाल सफल बनाउन कसरत गरीरहेका प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई दीर्घकालिन महत्वको बनाउने भन्दै सबै तिर सल्लाह सुझाव मागिरहेका छन् ।
एकातिर दश दलीय गठबन्धनको न्युनतम साझा कार्यक्रम सार्वजनिक भईसकेको छ । आगामी नीति तथा कार्यक्रममा यो विषय पनि समेटिने छ । अर्कोतिर प्रधानमन्त्रीले विज्ञहरु, पार्टी नेताहरु र पार्टीका विभिन्न विभागीय प्रमुखहरुसँग समेत राय सुझाव मागेका छन् ।
शुक्रबार पेरिसडाँडामा बसको विभागीय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले पाँच दिन भित्र सुझाव पेश गर्न निर्देशन दिएको र विभागीय प्रमुखहरु सो कामका लागि लागि परेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
अब सरकारले पूर्णता पाएपछि नयाँ नीति तथा कार्यक्रम र बजेटसँगै सरकारले अर्थतन्त्र उकास्ने, रोजगारी सृजना गर्ने, उत्पादन बृद्धि गर्ने जस्ता महत्वपूर्ण विषय संवोधन गर्ने गरी अघि बढ्ने प्रधानमन्त्रीले रणनीति बनाएका छन् ।