लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दहालको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। छायाँकन , सम्पादन र निर्देशकीय पक्षबाट भिडियोको काम उत्कृष्ट बनाउने कोसिस गरिएको निर्माण टिमले बताएको छ। गीत तथा म्युजिक भिडियोले दर्शक सोर्ताबाट माया पाउने कुरामा निर्माण टिम आशावादी रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline