तेस्रो कार्यकालमा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्न सफल भए

तेस्रो कार्यकालमा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्न सफल भए

  • शनिबार, चैत्र ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चैत्र ४ काठमाण्डौँ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा मारिएका शहीहरुको नाम सूची राजपत्रमा प्रकाशित भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा आफैले नेतृत्व गरेको युद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्न सफल भएका हुन् ।

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधा अनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी