प्रधानमन्त्रीको तयारीः ६ गते विस्वासको मत, १० गते सम्म मन्त्रीपरिषद् विस्तार

प्रधानमन्त्रीको तयारीः ६ गते विस्वासको मत, १० गते सम्म मन्त्रीपरिषद् विस्तार

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

चैत्र ३ काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै प्रधानमन्त्री प्रचण्डले अब विस्वासको मत लिने तयारी गरेका छन् । नेपालको ईतिहासमै पहिलो पटक संसदको ९९.२५ प्रतिशत विस्वासको मत पाए पनि त्यो दुई महिना भन्दा बढी टिक्न सकेन ।

एमालेसँगको गठबन्धन टुटेर राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने सहमति पछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विस्वासको मत लिनु परेको हो ।

चैत्र ६ गते संसदमा प्रधानमन्त्रीले विस्वासको मत लिने गरी निवेदन संसद सचिवालयमा दर्ता भएको छ । यस पटक एमाले र राप्रपा बाहेकका दलले प्रधानमन्त्रीलाई विस्वासको मत दिने अनुमान गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिएको तीन चार दिन भित्र सरकार विस्तार हुने बताए । प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने प्रधानमन्त्रीले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी