भ्रष्टाचार मुद्धामा जेल र जरिवाना दुबै तोकिएका पूर्व मन्त्री बद्री न्यौपाने धुरु धुरु रोए

भ्रष्टाचार मुद्धामा जेल र जरिवाना दुबै तोकिएका पूर्व मन्त्री बद्री न्यौपाने धुरु धुरु रोए

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ फागुण ३०। पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउने गरी विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको भन्दै धुरु धुरु रोएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूले कुनै गल्ती नगरेको पनि दावी गरेका छन् । उनले आफू चुरेभावरको लामो राजनीतिमा रहेको र कुनै आर्जन नगरेको उल्लेख गर्दै आफूसँग कुनै सम्पत्ति नभएको दावी गरे ।

, ‘म एउटा राष्ट्र र जनताको लागि चुरेभावर भएर राजनीतिमा आउँदा मैले एक रुपैयाँ खाएको भए, मेरो बैंक ब्यालेन्स हेरियोस्, मेरो जग्गा हेरियोस् । मेरो केही रहेछ भने तपाईँहरुले मलाई सजाय दिनुहोस् ।होइन भने केही नभएको सुकुम्बासी र राष्ट्रियताको पक्षमा लड्नेलाई राजनीतिक रुपमा ड्यामेज गर्न नखोजियोस् ।’ उनले भने ।

उनले आफूसँग पैसा नभएकोले मुद्धाको पुनरावेदन समेत गर्न नसक्ने अवस्था रहेको दावी गरे ।

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा उनलाई अदालतले ९ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । साथै करोडौँ जरिवाना र विगो समेत तोकिएको छ ।

उनी सँगै अन्य विभिन्न व्यक्तिलाई पनि जरिवाना र विगो तोकिएको छ । काँग्रेस सांसद टेक बहादुर गुरुगंलाई जरिवाना मात्र तोकिँदा न्यौपानेलाई भने जेल सजाय समेत तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी