ओस्कर अवार्डमा एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स फिल्मको वर्चश्व, ७ विधाको अवार्ड हात पार्यो

ओस्कर अवार्डमा एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स फिल्मको वर्चश्व, ७ विधाको अवार्ड हात पार्यो

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

फागुन २९, काठमाडौँ । एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स नामक फिल्म ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा उत्कृष्ट घोषित भएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सुबाट के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका छन् । यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन् । उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ ।

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘ग्विलेर्मो डेल ट्रोज पिनोसियो’ ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड ‘द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स’ र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई’ले पाएको छ ।

यस्तो छ ओस्कर विजेताको सूची :
अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

उत्कृष्ट फिल्म एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर(द ह्वेल)

उत्कृष्ट अभिनेत्री मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)

साउन्ड : टप गन : मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी