रवि लामिछानेले नेपाली नागरिकता नलिई दल खोल्नु र चुनाव लड्न पाईने थिएनः सर्वोच्च

रवि लामिछानेले नेपाली नागरिकता नलिई दल खोल्नु र चुनाव लड्न पाईने थिएनः सर्वोच्च

  • मङ्लबार, फाल्गुन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

फागुण २३ काठमाण्डौँ । सर्वोच्च अदालतले रवि लामिछाने बिरुद्ध परेको रिटको पूर्ण फैसला सार्वजनिक गरेको छ ।

आज सार्वजनिक फैसला अनुसार कुनै पनि नेपालीले विदेशी नागरिकता लिएपछि स्वतः नागरिकता खारेज हुने फैसला गर्दै लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति नगरी दल खोल्नु वा चुनाव लड्न नपाउने स्पष्ट गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ १३ गते लामिछानेको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि पुनः नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको हो ।

लामिछानेको सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो ।

यसै गरी सर्वोच्चले लामिछानेमाथि पासपोर्ट मुद्धामा कार्बाही गर्ने बाटो समेत खुला गरिदिएको छ ।

पूर्णपाठमा राहदानीको विषय राहदानी ऐन २०२४ र हाल प्रचलित राहदानी ऐन, २०७६ मा व्यवस्थित झुठा विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिएकोसम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुन बमोजिम निरुपण गर्नुपर्ने विषय देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ।

‘गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं समेतका प्रत्यर्तीहरुको लिखित जवाफबाट राहदानीको विषयमा छानविन भइरहेको भन्ने तथ्यसमेत खुल्न आएको पाइयो। सोही छानबिनका सन्दर्भमा राहदानीसम्बन्धी विषयको निरुपण हुन सक्ने नै हुन्छ’, फैसलामा भनिएको छ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ यस्तो छ :

https://www.mirmireonline.com/wp-content/uploads/2023/03/faisala-079-WC-0035.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी