होलीमा पोखराको लेकसाईडमा झुम्मिए विदेशी पर्यटक

होलीमा पोखराको लेकसाईडमा झुम्मिए विदेशी पर्यटक

  • सोमवार, फाल्गुन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पोखरा, फागुन २२ गते। नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड। आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए।

होली नेपाली परम्पराको रङको पर्व। एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ। विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि। विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए। निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए।

होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताउनुभयो। अन्नपूर्ण बेसक्याम्पमा जान आउनुभएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाउनुभयो। आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उहाँ सोही रङसँग निकै रमाउनुभयो। आफूले पनि रङ दल्नुभयो अरूलाई पनि लगाइदिनुभयो।

त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आउनुभएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताउनुभयो।

इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आउनुभएकी होल्यान्डकी एल्काले पनि रङ्गीबिरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो। उहाँले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताउनुभयो। उहाँले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो। रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताउनुभयो।

महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍याली निकालिएको थियो। रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उहाँले बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी