प्रचण्डको तयारीः विस्वासको मत राष्ट्रपतिको निर्वाचन अघि नै, मन्त्रीपरिषद् विस्तार भने चुनाव पछि मात्रै

प्रचण्डको तयारीः विस्वासको मत राष्ट्रपतिको निर्वाचन अघि नै, मन्त्रीपरिषद् विस्तार भने चुनाव पछि मात्रै

  • सोमवार, फाल्गुन १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

फागुण १५, काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विस्वासको मत लिने तयारी गरेका छन् । सो विस्वासको मत आगामी राष्ट्रपतिको चुनाव अघि नै लिने तयारी प्रधानमन्त्रीले गरेका छन् । फागुण २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यस अघि संसदको ईतिहासमै पहिलो पटक ९९.२५ प्रतिशत विस्वासको मत पाएका प्रधानमन्त्रीले सो विस्वास राष्ट्रपतिको चुनावको तयारीसँगै गुमाउन पुगे । अब काँग्रेस सहितका दलले उनलाई विस्वासको मत दिने समझदारी छ ।

हाल थुप्रै मन्त्रालयको कार्यभार आफैले सम्हालेका प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार भने चुनाव पछि मात्रै गर्ने तयारी गरेका छन् । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रपतिको निर्वाचन पछि मात्रै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिईन् ।

हाल एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । रास्वपाले सरकारको समर्थन कायम राखे पनि मन्त्रीहरु भने फिर्ता गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी